सुनिता थेगिम र र’क्षक राईको स्वरमा ‘हातैमा लाउँने सुनको बाला’सार्वजनिक (भिडियो)

काठमाडौं । भोजपुरमा जन्मघर भएता पनि पुर्वाञ्चलकै ईटहरीलाई कर्मथलो बनाउँदै आएका र’क्षक राईले अर्की गायिका सुनिता थेगिमसँगको स्वर सहकार्यमा नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

बुवा भिम कुमार राई र आमा मन माया सुब्बाबाट जन्म लिएर ३ वर्षदेखि साँगीतिक क्षेत्रमा लाग्दै गर्दा हालसम्म ३० भन्दा बढी गीतमा स्वर दिएका र’क्षक र सुनिताको स्वरमा “हातैमा लाउँने सुनको बाला” बोलको पुर्बेली लोकभाकाको गीतको भिडियो सार्वजनिक भएको हो ।

पुर्बाञ्चल म्युजिक नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतमा गायत्री लम्सालको शब्दमा रुद्र श्रेष्ठको संगीत रहेको छ भने अनुभवी संगीतकर्मी कुन्दन राईको संगीत संयोजन रहेको छ । पुर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो, ईटहरीको अडियो भिडिउयो प्रस्तुति रहेको गीतको भिडियोमा सागर खवासको छायाँकनमा रिकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

आफ्ना अन्य प्रस्तुतिलाई झैं “हातैमा लाउँने सुनको बाला”लाई पनि आम श्रोताहरुले मन पराउँनेमा आफु बिस्वस्त रहेको गायक र’क्षक राईले बताए भने यस गीतको चाँडै नै कथानक भिडियो बनाउँने तयारीमा आफु रहेको समेत उनको भनाई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।