धनकुटामा ह्वा’तै घ’ट्यो गोलभेंडा मूल्य
धनकुटा खबर । धनकुटामा एकसाता अघि सम्म प्रतिकिलो ७० देखि ९० रुपैयाँ सम्म रहेको गोलभेंडाको मूल्य ह्वातै घटेको छ ।
दशै भर करिब प्रतिकिलो ७० देखि ९० रुपैयाँ सम्ममा करोबार भएको गोलभेंडाको मूल्य अहिले घटेर ३० देखि ४५ रुपैयामा कारोबार भई रहेको व्यापारी बताउँछन् । यसले गर्दा उपभोक्तालाई राहत भएको छ भने किसान लाई मर्का परेको कृषक रोहित राई बताउँछन् ।
उनले भने दशै अघि भएको बर्षाका कारण दशैमा गोलभेंडाले मूल्य राम्रो पाएको थियो तर अहिले उत्पादन बढेकोले मुल्य घटेको छ यसले गर्दा उपभोक्तालाई राहत भए पनि किसान लाई मर्का परेको छ । धनकुटामा गोलभेंडा हिउँदे ४ सय ६० र बर्षे ८ सय ४० हेक्टरमा खेति हुने गरेको छ ।



