अब रवि लामिछाने विदेश जान पाउने

काठमाडौं। टिभी प्रस्तोता रवि लामिछानेलाई अब विदेश जान अदालतको आदेश लिन नपर्ने भएको छ । उच्च अदालत पाटनको हेटौंडा इजलासले उनलाई विदेश जानको लागि अनुमति दिएको छ ।

यसअघि लामिछानेलाई विदेश जान अदालतको स्विकृति लिनुपर्ने चितवन अदालतको आदेश थियो । तर, उच्च अदालत पाटनको हेटौंडा ईजलासले स्विकृति लिनुपर्ने आदेश बदर गरिदिएको छ ।

यसअघि चितवन जिल्ला अदालतले विदेश भ्रमणबाहेक दिएका अन्य आदेशहरु भने उच्च अदालतले यथावत राखेको छ। न्यायाधीश चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयूक्त इजलासले यस्तो निर्णय गरेको हो।

पत्रकार शालिकराम पुडासैनीको आ त्महत्या दू रुत्साहन अ भियोगमा उनलाई भदौ ९ गते चितवन जिल्ला अदालतले मु द्दाको टुंगो नलाग्दासम्म विदेश जान नपाउने निर्णय सुनाएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।