प्रथम शैलुङ कप शुक्रबारबाट सुरु, फेदाली र काटाकुटी क्वाटरफाइनलमा

दोलखा ।  दोलखाको शैलुङ गाउँपालिका-३,स्थित शैलुङ रङ्गशालामा कार्तिक १ गतेदेखि प्रथम शैलुङ कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको उद्घाटन शुक्रबार ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल गर्ने मुल समितिका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिता शैलुङ गाउँपालिकको साझेदारीमा स्टार शैलुङ क्लब, नव शैलुङ लालीगुराँस समाज र खाँडा देवी समाजले संयुक्त रूपमा आयोजना हुने भएका छन् ।

स्थानीय खेलाडीहरू कला प्रस्फुटनका साथै सं’रक्षण र सम्बर्द्धन गर्ने हेतुले आयोजना गर्न लागिएका प्रतियोगिताको खेल फिफा नियम अनुसार खेलाइने आयोजकले बताए ।

शैलुङ कपका बिजेताले १ लाख १ सय ११ रुपैयाँ नगद, मेडल प्रमाणपत्र, उपविजेताले ५० हजार ५५ नगद मेडल प्रमाणपत्र र प्रतियोगिताको सेमिफाइनल पुग्ने टीमलाई नगद २० हजार ११ रुपैयाँका दरले प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ताले जनही २ हजार रुपैयाँ दरले र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले (म्यान अफ द म्याच)ले १ हजार रुपैयाँ नगद पुरस्कर प्रदान गर्ने आयोजक जानकारी दिए ।

प्रतियोगितामा ढुङ्गे युवा क्लब, मागापौवा युवा क्लब, सुनौलो चण्डीडाँडा युवा क्लब, फेदाली क्लब, खाँडादेवी समाज, गौतम बुद्ध क्लब, युनाइटेड ठुलोपाखर युवा क्लब, एक्टिभ बोइज खरिढङ्ग, शैलुङ शिखर स्पोर्ट्स क्लब, मुडे युवा क्लब, स्टार शैलुङ युथ क्लब, काटाकुटी युवा क्लब र नवशैलुङ ए, बि गरी १४ टिमले भाग लिएका छन् ।

बिहीबार सहभागी टीमका प्रतिनिधिहरुको उपस्थितिमा गोलाप्रथाद्वारा तयार पारिएको खेल तालिकाअनुसार शुक्रबार नवशैलुङ लालीगुराँस समाज ए र ढुङगे युवा क्लब बीच खेल हुनेछ । फेदाली युवा क्लब र काटकुटी फुटबल युवा क्लबले बाई पाएर क्वाटरफाइनलमा स्थान सु’रक्षित बनाइसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।