दिनभर ब्य’स्त रहने प्रचण्ड पु’त्री रेणु दाहाल राति-राति यस्ताे काम गर्दै

चितवन । रातको समयमा यहाँको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सहयोगापेक्षी खोज्दै नारायणगढको सडक क्षेत्रमा पुग्ने गरेकी छिन् । दिनभरका कार्यक्रम र सेवाग्राहीको चापका कारण थकित हुने भए पनि महानगर क्षेत्रलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउनका लागि उनी आँफै सडकमा निस्कन शुरु गरेकी हुन् ।

विगत दुई दिनदेखि साँझ अबेरबाट स्थानीय प्रशासन, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधि, समाज सेवीहरुको अगुवाई गर्दै दाहाल सहयोगापेक्षी खोज्दै सडकमा जाने गरेकी छन् । दाहालले भनिन्, ‘अब हामी यसलाई निरन्तरता दिन्छौ ।’ आउँदो कात्तिक ९ गते भरतपुर महानगरलाई सहयोगापेक्षी सडक मानव मुक्त भरतपुर महानगर घोषणा गर्ने उनको संकल्प छ । दाहालले भनिन्, ‘सहयोगापेक्षी सडक मानवमुक्त पहिलो महानगर बनाउन हामी लागि परेका छौँ ।’

दुई रातको सडक अनुगमनपछि उनले तीन थरी मानिस सडकमा भेटिने गरेको बताइन् । दाहालका अनुसार दुःख पाएका बेशाहारा पहिलो थरी, मानसिक सन्तुलन गुमाएका दोस्रो थरी र नशालु पदार्थ सेवन गरेका तेस्रो थरी मानिस सडकमा हुँदा रहेछन् । तीमध्ये पहिलो चरणमा वेशाहारालाई मुक्त गराउन आफूहरु लागि परेको उनको भनाइ छ ।

दोस्रो र तेस्रो तहकालाई पनि सडकमा आउने वातावरण अन्त्य गर्ने दाहालको संकल्प छ । साँझ झण्डै आठ बजेबाट दाहालसहितको टोली नारायणगढका मुख्य शहरहरुमा पुग्ने गरेको छ । सहयोगापेक्षी सडक मानवरहित महानगर घोषणा गर्नका लागि अहिले आन्तरिक तयारी भइरहेको छ । महानगरपालिका भित्रको सडक पेटी र सार्वजनिक स्थानहरुमा नियमित रुपमा सहयोगापेक्षी बेसहारा सडक मानवको रात्रीकालीन अवस्था अध्ययन र उद्धार भइरहेको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

सोमबारबाट शुरु भएको बजार अनुगमनमा सहयोग पु¥याउन प्रदेशसभा सदस्य विजय सुवेदी पनि सहभागी हुने गरेका छन् । सोमबार पहिलो दिन ४० जनालाई उद्धार गरिएको थियो । तीमध्ये दुई जना मात्र वास्तविक भरतपुरलाई सहयोगापेक्षी बेसहारा सडक मानव रहेका थिए ।

उनीहरुलाई आश्रमले नै सेवा दिने र बाँकी ३८ जनालाई घर पठाइएको छ । यस्तै दोस्रो दिन गए राती २४ जनालाई उद्धार गरिए पनि उनीहरु कोही पनि सहयोगापेक्षी बेसहारा नरहेको अध्यक्ष अधिकारीले बताए । घोषणा अघि र घोषणापछि पनि यसरी नै नियमित रुपमा अवस्था अध्ययन र उद्धार गरिने अधिकारीको भनाइ छ ।

विसं २०६९ भदौ १३ गते मकवानपुरवाट मानवसेवा आश्रमले काम थालेको हो । संस्थापक अध्यक्ष अधिकारीका अनुसार हालसम्म सात प्रदेशका १४ जिल्लाका १६ केन्द्रमार्फत सेवा दिइँदै आएको छ । ती केन्द्रहरुमा ८०० जनाले संरक्षकत्व पाइरहेका छन् । चितवन जिल्लामा चार वर्षमा ५०० जनाभन्दा बढीलाई उद्धार गरिएको अधिकारीको भनाइ छ ।

मानवसेवा आश्रमको सहयोगमा यसअघि गोर्खा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, वुटवलको सिद्धबाबा धाम क्षेत्र र काठमाडौँको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडकमानव मुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तह र सरोकारवाला सङ्घ संस्थाको अगुवाइमा ती क्षेत्रहरुलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाइएको हो । नेपाल आजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।