धनकुटाका किसान व्यावसायीक ‘किवि खेति’ तर्फ

धनकुटा खबर । निर्वाहमुखि अन्न र तरकारी उत्पादन गर्दै आएका किसान अन्न र तरकारी बाली घटाएर बढि मुनाफा आर्जन गर्ने लक्ष्य सहित धनकुटा नगरपालिकाको भिरगाउँक चाँपेका किसान किवी खेतीतर्फ आकर्षित भएका हुन् ।

भीरगाउँ स्थित चाँपे टोललाई कृषि ज्ञान केन्द्र धनकुटाले किवि उत्पादन पकेट क्षेत्र घोषित गरेको छ । यो टोलका सबै २४ घर स्थानीयले किवि खेतिबाट ब्यबशायीक उत्पादन लिइरहेका छन् ।

चाँपे टोलका हरेक जसो किसानले किवि बेचेरै बार्षिक एक देखि तीन लाख रुपैयाँसम्म आम्दानी गरिरहेको स्थानिय कृष्णकमल रानामगरले जानकारी दिए । धनकुटाको पाख्रिबासमा रहेको कृषि अनुसन्धान केन्द्रले सातबर्ष यता एक हजारदेखि दुई हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने रेड, एलिसन, बु्रनो, हेवार्ड, मोन्टे जस्ता ६ प्रजातीको किवीफलमाथि अनुसन्धान गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।