विशेष कार्यक्रमको आयोजना गर्दै पुर्व प्रअको विदाई

धनकुटा खबर । चौविसे गाउँपालिका २ केरावारी धनकुटाका पूर्व प्रधानाध्यपक गजेन्द्र प्रसाद घिमिरेलाई आज विशेष कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ । विद्यालयले विभिन्न खेलकुद सहितको कार्यक्रम आयोजना गर्दै प्रधानाध्यापक घिमिरेलाई विदाई गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा प्रसाद खतिवडाको अध्यक्षता तथा पूर्व प्रधानाध्यापक घिमिरे कै प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका शिक्षक,अभिभावक सहित विद्यार्थीहरुले उहाँलाई फूलमाला लगाई भिविष्यको उज्वल कामना गर्दै विदा गरेका हुन् । त्यहाँ विद्यालय नै नभएको समयमा पूर्व प्र अ घिमिरेले विद्यालय स्थापना र भौतिक संरचना निर्माणका ठूलो योगदान दिनुभएको विद्यालयले जनाएको छ । उहाँले सो विद्यालयमा झण्डै २३ वर्ष काम भएको हो ।

विदाई कार्यक्रमकै अवसरमा विद्यार्थीहरु वीच भएको भित्र वाहिर खेलमा युनिष मादी प्रथम,मनिष याख्खा द्धितीय र विनिता लिम्वु तृतीय भएकाछन् । त्यस्तैगरी म्यूजिकल्चियर तर्फ रसिला मादी प्रथम,पवित्रा खतिवडा दोश्रो र आईशा पौडेल तेश्रो भएकाछन भने छेलो हान्ने खेल तर्फ यज्ञ मादी पहिलो,प्रकाश खतिवडा दोश्रो र ओम प्रसाद खतिवडा तेश्रो भएकाछन् ।

विदा भएर जानुभएका पूर्व प्रधानाध्यपकले घिमिरेले ३० वटा गाउँ खाने कथा सोध्नुभएकोमा १३ वटाको सहि जवाफ दिएर आकाश पौडेल विजयी हुनुभएको कार्यक्रमका सहभागी तथा नेकपा चौविसे गाउँपालिका प्रचार विभाग प्रमुख शालिग्राम पौडेलले जानकारी दिनुभयो । यता विद्यालयमा धेरै दिन उपस्थित हुनेमा मुकुन्द पौडेल पहिलो,अस्मिता पौडेल दोश्रो र किरण याख्खा तेश्रो भएकाछन् ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष अम्विका प्रसाद भट्राई, संयुक्त मावि का निमित्त प्रधानाध्यपाक मान वहादुर वस्नेत,नेकपा प्रचार विभाग प्रमुख पौडेल सहित वुद्धीजीविहरु अग्नी प्रसाद खतिवडा,चिन्तामणी पौडेल लगायतको उपस्थिती थियो । प्रतियोगिताका विजयी विद्यार्थी तथा महानुभावहरुलाई प्रमुख अतिथि,अतिथीहरुले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक कमला ढकाल पौडेलले राख्नुभएको थियो भने सञ्चालन विद्यालयका प्रधानाध्यापक युवराज पौडेलले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖