काग तिहारमा महासंघ धनकुटाले शुभकामना आदान प्रदान गर्ने

धनकुटा खबर, ७ कार्तिक । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले विजयादशमी, शुभदिपावली, नेपाल सम्वत,छठ, मंसिरे चाड लगायतका चाड पर्वको अवसरमा काग तिहारको दिन शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

जिल्ला कार्यसमितीको आज बसेको बैठकले आगामी कार्तिक ९ गते काग तिहारका दिन कार्यक्रम गर्नेतय गरेको नेपाल पत्रकार महासंघका धनकुटाका सचिव विदुर खवासले जानकारी दिनु भयो ।

पत्रकार संग सम्वन्धति संघ, सस्था सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थितीमा महासंघले लामो समय देखि काग तिहारको दिन शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको सह सचिब हरिबहादुर लम्जेलले बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।