नेकपा धनकुटाद्वारा शुभकामना आदानप्रदान

विकास घिमिरे, धनकुटा खबर । नेपाल कम्युनिष्ट पाटी नेकपा धनकुटाले विजयादशमी, शुभदीपावली, नेपाल सम्वत, छठ, मंसिरे चाड लगायतका चाड पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपाले धनकुटाको सामुदायकि भवनमा गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पाटी नेकपा धनकुटाका इन्चार्ज हेमराज भण्डारीले देशको समग्र विकास र समृद्धीका लागि सरकार अगाडी बढेको बताउँदै समाजिक पर्वहरुले नेपाली लाई एकताको शुत्रमा बाधेको धारण राखेका थिए ।

सबै चाडहरुले नेपालीहरुमा सुख शान्ति दिन सकोस भन्दै धनकुटाका राजनैतिक दलमा रहेको एकताको सन्देश लाई शुभामना आदान प्रदानले अझै उजागर गरेको बताए । कार्यक्रममा संविधान सभाका सदस्यहरु टिकाराम चेम्जोङ्ग, धनमाया विक, प्रदेश न १ का न्याय प्रशासन तथा विद्यायन समितिका सभापति इन्द्रणी पराजुली, प्रदेश सभा सदस्यहरु निरन राई, लिला सुब्बा, कुसुम कुमारी श्रेष्ठ, जिल्ला समन्वय समितका प्रमुख टंक वहादुर चुवान, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष पार्वती राई, स्थानीय निकायका प्रमुख तथा उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी डा.कृष्ण घिमिरे,सुरक्षा निकायका प्रमुख, पत्रकार उद्योगी ,व्यापारी , शिक्षक नेकपाका भात्र तथा अन्य संगठनका प्रमुख प्रतिनिधी लगायत पाटी कार्यकर्ता सहभागीहरुले एक आपसरमा सवै चाड पर्वको शुभ कामना आदन प्रदान गरेका थिए ।

नेकपा धनकुटाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको संचालन नेकपाका सचिव ऋषिराम ढंगानाले गर्नु भएको थियो । कार्यक्रमा विभिन्न संस्कृतिक कार्यक्रम समेत संचालन भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।