सारा नेपालीलाई ढुक्कका साथ लक्ष्मीपूजा झिलिमिली बनाउन कुलमानको आग्रह

काठमाण्डाै – लक्ष्मीपूजाको दिन वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने दिन हो । लक्ष्मी पूजाको दिनदेखि नागरिकले झिलिमिली बनाउने भएकाले आइतबार वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो वर्षको लक्ष्मीपूजाको दिन आइतबार बढिमा १३ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ ।

३ वर्ष अघिसम्म तिहारमा पनि लोडसेडिङ हुने गरेकोमा प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व सम्हालेपछि २०७३ सालको तिहारदेखि लोडसेडिङ हुन छाडेको छ । विगतमा भारतबाट आयात गरेर र चु्स्त व्यवस्थापन गरेर तिहारलाई झिलीमिली बनाएको प्राधिकरण यो वर्ष देशमै १ हजार मेगावाट विद्युत भैरहेकाले थप सहज अवस्थामा छ ।

तिहारमा कतै पनि अँध्यारो नहोस् भनेर प्राविधिक समस्याका समाधानको लागि कार्यकारी निर्देशक कुलमान घिसिङ सहिको टोली तयारी अवस्थामा छ । ‘हामी बिजुली नपुग्ला भन्ने चिन्तामा छौँ, त्यसैले सारा नेपालीलाई ढुक्कका साथ झिलिमिली गरेर तिहार मनाउन आग्रह गर्छु’, शनिवारको दिन पनि कार्यालयको काममा व्यस्त कुलमानले भन्नुभयो, ‘प्राविधिक समस्या आयो भने हाम्रो टोली स्ट्याण्डबाइ छ, धेरैबेर बत्ति जाँदैन ।’

घिसिङका अनुसार आइतबार लक्ष्मीपूजाको दिन उच्च माग १३ सय मेगावाट सम्म पुग्ने सम्भावना छ । १ हजार मेगावाट जति देशमै उत्पादन भएकाले बेलु कीको १-३ घन्टा भारतबाट ३ सय मेगावाट सम्म बिजुली आयात हुने सम्भावना छ । ‘हामी देशमै उत्पादन भएको बिजुली व्यवस्थापन गरेर यो तिहार उम्काउने प्रयासमा छौँ, तर अपुग हुने देखिएमा भारतबाट आयात हुन्छ, बिजुली अपुग हुँदैन ’, घिसिङले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।