राष्ट्रपतिद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको छ । भण्डारीले काठमाण्डौको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा तथा आराधना पनि गर्नुभएको छ । सूर्यलाई अर्घ्य अर्पण गर्ने अवसरमा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मन्त्रीपरिषद्का सदस्यहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गर्नु भएको छ । शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै सुरु भएको छठ पूजा आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलिपल्ट उदाउँदो सूर्यलाई पूजा आराधनापछि अर्घ्य दिइन्छ । छठ पर्वका अवसरमा देशैभरिका पोखरी, ताल र नदीमा श्रद्धालुको उपस्थिति हुने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।