अब नेपालमै पहिलोपटक सुरूङ इञ्जिनियरिङको पढाइ

कास्की । इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ।

पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव हुँदा आशातीत कार्य अघि बढ्न नसकेको अवस्थामा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले चट्टान तथा सुरुङ विषयमा स्नातकोत्तर तहमा अध्यापन शुरु गर्ने तयारी गरिएको छ।

गण्डकी प्रदेश सरकार र नर्वेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी एनटिएनयु विश्वविद्यालयको सहयोगमा स्नातकोत्तर तहमा आगामी शैक्षिकसत्र वैशाख १७ गतेदेखि अध्यापन गर्ने लक्ष्यअनुसार पाठ्यक्रम तयार गरिएकोे क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताए।

पाठ्यक्रम तयार गर्नका लागि क्याम्पसले हिजो र आज गरी दुई दिन यस विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकको सम्मेलन आयोजना गरी इञ्जिनीयरिङ अध्ययन संस्थानको स्नातकोत्तर तहको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरेको छ।

प्रमुख पौडेलले भने, ‘सुरुङ इञ्जिनीयरिङको अध्यापन देशका लागि आवश्यक भइसक्यो। दुई दिनको कार्यशालाबाट पाठ्यक्रम तयार गरेर आगामी शैक्षिकसत्रबाट कक्षा सञ्चालन गर्ने योजनामा छौँ।’

इञ्जिनीयरिङ अध्ययन संस्थानअन्तर्गत सिभिल इञ्जिनीयरिङ विषय समितिका अध्यक्ष प्रा डा। नरेन्द्रमान शाक्यले तयार पारिएको पाठ्यक्रम अध्ययन संस्थानले स्वीकृत गरेसँगै पठनपाठनका लागि बाटो खुला हुने बताए।

नेपालमा ब्याचलर अफ सिभिल इञ्जिनीयरिङको कोर्षमा टनेल इञ्जिनीयरिङ विषय अध्यापन हुने भए पनि स्नातकोत्तर तहमा यस विषयलाई मात्र समेटर अध्यापनको कार्य पहिलो भएको बताउँदै उनले भने, ‘गण्डकी प्रदेश सरकारले जसरी यस विषयलाई चासो दिएर अघि बढाउन सहयोग गरेको छ। यसले चट्टान तथा सुरुङका क्षेत्रमा आवश्यकयोग्य जनशक्ति उत्पादनमा सहयोग गर्दछ।’

प्रस्तावित पाठ्यक्रममा भौगोलिक अवस्थाको अन्वेषण, टनेल डिजाइन, कन्स्ट्रक्सन, सञ्चालन, मर्मत तथा सुरक्षालगायतका विषय समेटिएको बताइन्छ। प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा टनेल इञ्जिनीयरिङ विषय अध्यापनका लागि पाठ्यक्रम तयार गर्ने उद्देश्यले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

पोखरासहित काठमाडौँको पुल्चोक क्याम्पसमा पहिलो ब्याचमा २०र२० जना विद्यार्थी राखेर टनेल इञ्जिनीयरिङ विषय अध्यापन गरिने शाक्यले जानकारी दिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।