सिन्धुपाल्चोक बस दु’र्घटना अपडेट : मृ’तकको संख्या ९ पुग्यो, दुई दर्जनको जि’वितै उ’द्दार
सिन्धुपाल्चोक । दोलखा जिल्लाको मागा देउरालीबाट काठमाण्डौं आउँदै गरेको यात्रुबाहक बस सुनकोसी नदीमा खस्दा ९ जनाके मृ’त्यु भएको छ । बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत सुकेटे सडक खण्डबाट सुनकोसी नदीमा खस्दा ९ को मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
स्थानीयको अनुसार अहिले उ’द्धार कार्य जारी रहेको छ भने कतिपय लाश खोलाले बगाएर समेत लगेको छ ।बस दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीबाट विहान ७ बजे छुटेको थियो भने वडा नम्बर ४ मागा बागखोरबाट ९ बजे काठमाडौँको लागि छुटेको थियो ।

दु’र्घटना स्थलबाट बसका चालक दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ४ मागाका धनबहादुर तमाङ लगायत २०÷२२ जनालाई उद्दार गरी खाडीचौर अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ । बसमा झण्डै ४० जना यात्रु रहेको प्रहरीको भनाई छ । दुर्घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना र स्थानियले उद्दारको काम गरिरहेको र मृ’तकको नाम तथा घटनाको पूर्ण विवरण प्राप्त भै नसकेको प्रहरीले जनाएको छ ।


