विदेश पठाइदिने भन्दै ठ’गेको आरोपमा एक दम्पती प’क्राउ

काठमाडौं, कात्तिक १७ । विदेश पठाइदिने भनेर ठ’गी गरेको आ’रोपमा एक दम्पतीलाई महानगरीय अपराध महाशाखाले पक्’राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्’राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनकाअनुसार उनीहरुले बैंकिङ कारोबार ललितपुरमा गरेको पाइएकाले आरोपीलाई थप कारबाहीका लागि आइतबार महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

वैदेशिक रोजगारका सिलसिलामा कामदार भिसामा आकर्षक तलब पाउने प्र’लोभन देखाएर लाओस पठाइदिने भनी उनीहरुले पीडितबाट रु २४ लाख २० हजार ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ । पी’डितलाई लाओस र भारत पुर्‍याएर अ’लपत्र पारी उनीहरु फरार भएको आरोप छ ।

रामेछापका नविनकुमार तामाङसमेत चारजनाले गत असोज ५ गते दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरुलाई यही कात्तिक १५ गते हेटौंडाबाट पक्राउ गरेको थियो । ठगी प्रमाणित भए अधिकतम् पाँच वर्ष कैद तथा विगो र जरिवानासमेत हुने व्यवस्था छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖