कालापानी र लिपुलेक मि’च्ने भारतको बि’रोधमा उ’र्लीयो जनसागर (भिडियो सहित)

काठमाण्डौ भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।दार्चुला जिल्लाको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।

जम्मूकश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको छ ।

त्यसको सन्दर्भमा नेपाली काँग्रेसले सरकारको धारणा माग्दै दुबै भूमि नेपालको अभिन्न अंग भएको भन्दै कांग्रेसले यसमा उठाइएको प्रश्न अस्वीकार्य भएको बताएको छकांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै सरकारको धारणा सार्वजनिक गर्न र सरकार गम्भीर पहल गर्न समेत माग गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेकलाई भारतीय भूमिका रुपमा देखाइएको छ । भने सत्तारुढ दलकै नेताले पनि बिरोध गरेका छन् । तर अहिले सम्म सरकारले आफ्नो धारणा सार्बजनिक गरेको छैन ।

भारतीय दुताबास घेराउ देखि माइतीघरमा प्रदर्शन

यसै क्रममा आगामी शुक्रबार साढे ११ बजे भारतीय दूतावास घेराउ गर्ने ग्रेटर नेपाल राष्ट्रवादी माेर्चाले जनाएको छ । ग्रेटर नेपालका माेर्चाका संयाेजक फणिन्द्र नेपालले नेपाली भूमि भारतमा सामेल गराएर नक्सा सार्वजनिक गर्नु भारतको हेपाह प्रवृति र नेपाल सरकारकाे लाचारीपन भएको बताए । मोर्चाले शुक्रबार साढे ११ बजे भारतीय दूतावास घेराउन गर्ने भएको हो ।

भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्म नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको छ । जसमा नेपालको विशाल भूमि भारतले आफ्नो नक्सा राखेको हो । गत ०७२ सालको भूकम्पको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नाकाबन्दी गरी सम्बन्ध बिगारेको भारतले पुन: ओली सरकारकै पालामा नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेको हो । जसले पछिल्लो समय नेपाल र भारतबीच सुधारिएको सम्बन्ध के हुने भन्ने प्रश्न उब्जाएको छ ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । सोही कालीनदी नै नेपाल–भारतको सिमाना हो । तर भारतले पटक-पटक त्यस क्षेत्रलाई आफ्नो देशमा पार्नका लागि कोशिस गर्दै आएको छ । अघिल्लो वर्ष पनि सोही भूमिलाई आधार बनाएर भारत र चीनले मुख्य नाका खाेल्ने काेशिस गरेका थिए । उक्त समयमा पनि नेपालमा विवाद भएको थियो । नेपालमा विवादपछि भारतले साे कुरालाई सच्याएको थियो । तर भारतले उक्त क्षेत्रमा तीन सय ७२ वर्गकिलोमिटर नेपाली भूमि मिचेको छ ।

नेपाल र भारतको सिमाना हुने विवादमा नेपाल सरकारले कुनै चासाे नदेखाएकाले पनि भारतले अतिक्रमको नीति लिएको विज्ञहरुले जनाएको छ । त्यसो त भारतको यो अतिक्रमणलाई छिमेकी चीनले पनि औपचारिक रूपमै साथ दिएको छ । सोही अनुसार नेपाललाई जानकारी नदिई लिपुलेक भञ्ज्याङबाट व्यापार गर्न चीन र भारतले चार वर्षअघि नै सम्झौता गरेका थिए ।

नेपालको भूमि मिचेर सार्वजनिक गरेकोमा भारतीय नक्सामा अरु देशहरु पनि समावेश गरिएको छ । जसलाई पाकिस्तानले भारतको यो हर्कतको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएको छ । यसै गरी नेपालका राप्रपासहित विभिन्न दलले विरोध जनाउँदै आएको छ ।

यसै बीच प्रतिपक्षदल नेपाली काँग्रेसको भात्रृसंगठन नेबिसंघले बुधबार साँझ पाँच बजे काठमाडौंको माइतीघर मण्डलामा भारतको नयाँ नक्साको विरोधमा प्रदर्शन गर्न लागेको छ ।नेविसंघले भारतलाई नक्सा सच्याउन दवाव दिन र दुईतिहाइको बलियो र राष्ट्रवादी सरकारको धारणा माग गरेर प्रदर्शन गर्न लागेको नेताहरूले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।