कालापानी विवाद नयाँ होइन, पुरानै हो : महानिर्देशक जोशी

कालापानी विवाद नयाँ होइन, पुरानै हो

काठमाडौं । नापी विभागका महानिर्देशक प्रकाश जोशीले भारतले कालापानीबारे निकालेको नयाँ नक्शाबारे नेपालले चिन्ता लिन नपर्ने स्पष्ट पारेका छन् । प्राईम टाइम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा महानिर्देशक जोशीले यस्तो बताएका हुन् ।

उनले नेपाल र भारतबीच कालापानी र सुस्ताबाहेक सबै सिमा विवाद समाधान भैसकेको पनि दाबी गरेका छन् । कालापानी र सुस्ताको सिमा विवाद पनि आगामी सन् २०२० भित्रै टुँगो लगाउने उनको विश्वास छ । उनले भारतीय पक्षले सार्वजनिक गरेको नयाँ नक्शापनि भारतीय पक्षको पूरानै दाबीअनुसार रहेको स्पष्ट पारे । उनले भनेका छन्,‘कालापानी र सुस्ता हाम्रो तहको प्राविधिकले समाधान गर्न नसकेको विवाद हो ।’

भारतले जम्मु कस्मिरलाई दुई केन्द्रशासित क्षेत्र बनाएको नयाँ नक्सा सार्वजनिक गरेको थियो। उक्त नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ। यता नेपाल सरकारले पनि आजै साँझ कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारेका छ ।

बुधबार साँझ नेपालको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा भनिएको छ,‘ कालापानी क्षेत्र नेपालको भूभाग हो भन्नेमा नेपाल सरकार स्पष्ट छ, दुई देशबीच टुंगिन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।