नेपाली वैज्ञानिक रश्मि साह नासाबाट सम्मानित

काठमाडौँ । नेपालको धनुषा जिल्लामा जन्मिएकी डाक्टर रश्मि साह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित भएकी छन् । साहलाई नासाले अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडलबाट सम्मानित गरेको हो ।

साह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिष्टका रूपमा कार्यरत छिन् । सन् २०१४ मा पर्ड्यु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् ।

नासाका कुनै कर्मचारीले नासामा आबद्ध भएको पहिलो १० वर्षमा नासाको मिशनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गर्ने गर्दछ । उनले नासामा आबद्ध भएको ५ वर्षमै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् ।

उनले माटोको मोस्चर मापन, आद्र्रभूमि, हिउँको गहिराइ र समुद्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान दिएकी थिइन् । मधेशी एशोसियसन इन अमेरिकाका संस्थापक उपाध्यक्ष अमित शाहले नेपालकी मधेसी महिलाले अमेरिकामा आएर यो उपलब्धि हासिल गर्नु निकै सकारात्मक र महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।