संस्कृतीको व’चाउ भए मात्र समुन्नत समाजको निर्माण हुन्छ : राजेन्द्र राई

धनकुटा खबर । संघीय संषद राजेन्द्र राईले भाषा लिपी संस्कार संस्कृतीको व’चाउ भए मात्र समुन्नत समाजको निर्माण हुने वताउनुभएको छ । धनकुटाको चौविसे गाउँपालिका वडा नं १ सौर्यमा आज आयोजित दोश्रो हुर्रा महोत्सव उद्घाटन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो ।

चौविसे गाउँपालिका वडा नं १ वुधवारेको आयोजनामा सौर्यमा भएको कार्यक्रममा उहाँले आदीवासी जनजाती आयोग वनिसकेकोले सवै भाषा लिपीलाई महत्व दिन आवश्यक रहेको वताउनुभयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष खजिन्द्र राईले चौविसे गाउँपालिका भित्र १३ आदीवासी जनजाती रहेको जानकारी गराउदै यी जातजातीको पहिचान झल्किने कार्यक्रमहरु राख्ने वताउनुभयो । हुर्रा नाँच महोेत्सवमा ११ वटा हुर्रा समूह सहभागीछन् । हुर्रा नाँच राती प्रदर्शन गरिने आयोजकले जनाएको नेकपा चौविसे गाउँपालिका प्रचार विभाग प्रमुख शालिग्राम पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश संसद विना राई, गाउँपालिका उपाध्यक्ष यज्ञ कुमारी रुचाल,नेकपा सचिवालय सदस्य नैना रुचाल,समाजवादी पार्टीका हेमकर्ण तुम्सा, जिल्ला समन्वय समिति सदस्य पदम राई लगायतले शूभकामना मन्तवय राखेका थिए । महोत्सवमा तल्लो फेदापजङ्ग ठाडागाउँ, डाडागाउँ, लाफाचोक, मुक्तारा तल्लोटोल,सोगुम,मुक्तारा वरही टोल,सुरुङ्गी टोड्के लगायत ११ समूह सहभागी छन् ।

महोत्सव उद्घाटन १ नं वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम वीच गरिएको थियो । सञ्चालन नविन थापामगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा सदस्य दिल वहादुर मगरले गर्नुभएको थियो । महोत्सवमा सहभागी हुर्रा नाँच समूहलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।