को हुन भाइरल फोटोमा विद्या भट्टराईको झोला बोक्ने युवा ?

काठमाडौं, कात्तिक २१ अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको छ । भाइरल फोटो सत्तारुढ नेकपाकी उम्मेदवार एवं स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको हो । मंसिर १४ गते कास्की २ हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी नेकपाबाट उम्मेदवार छिन् । बिहीबार उम्मेदवारी मनोनयको कार्यक्रम थियो । उनी त्यसैका लागि निर्वाचन कार्यालयतिर जाँदै थिइन ।

त्यसैक्रममा उनको झोला एक युवकले बोकेको तस्बिर सार्वजनिक भयो, जून छिनभरमै भाइरल भइहाल्यो । धेरैले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका जवानबाट जुता बोकाएको र अहिले अर्की विद्याले झोला बोलाएको भन्दै सामाजिक सञ्जालमा तिखो आलोचना गरे ।

तर, कास्की २ की विद्याको तस्बिरको कथा भने फरक छ । सामाजिक सञ्जालमा आलोचना भएजस्तो विद्याले न त झोला बोक्न नै लगाएकी हुन, न त उनले रवाफ देखाएकी हुन् ।

नेकपा कास्की जिल्ला कार्यसमितिका अनुसार तस्बिरमा विद्याको झोला बोक्ने युवा तत्कालिन पर्यटन मन्त्री एवं सांसद स्वर्गीय रवीन्द्र अधिकारीका भाइ हुन् । अर्थात विद्याका देवर दिपेन्द्र अधिकारी हुन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।