लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

काठमाडौँ, २२ कात्तिक । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री के.पी. शर्मा ओलीले शनिबार अपरान्ह ४ः०० बजे सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा कालापानी, लिपुलेकलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

सर्बदलीय बैठकमा सहभागिताका लागि प्रधानमन्त्रीले सबै राजनीतिक दलका शीर्ष नेताहरुका साथै पूर्वपरराष्ट्रमन्त्रीहरुलाई आमन्त्रण गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । यद्यपि नेपाल सरकारले यसअघि नै कालापानी क्षेत्र नेपालको भूभाग भएको भनि स्पष्ट गरिसकेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएकोे बुधबार नै स्पष्ट गरेको गरिसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।