घर बनाउदा काठले कि’चेर घा’ईते भएका धनकुटाका शिक्षकको मृ’त्यु

नेता तथा शिक्षक चेम्जोंगलाई सम्मान सहित अ'न्तिम श्र'द्धाञ्जली

धनकुटा खबर, २२ कार्तिक । नेपाली कांग्रेस धनकुटा जिल्ला चौविसेका नेता तथा नेपाल शिक्षक संघ धनकुटाका सदस्य स्व’र्गीय धनराज चेम्जोङ्गको पा’र्थिव शरिरमा आज कांग्रेसको र नेपाल शिक्षक संघको झण्डा ओढाई सम्मान गरी अन्तिम श्र’द्धाञ्जली दिएपछि अ’न्त्यष्टि गरिएको छ ।

नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,महासचिव सदसय तथा वडा नं. ७ का निर्वाचित वडाध्यक्ष दुर्गा वहादुर सुवेदी,महासमिति सदस्य तलित वहादुर चेम्जोग,जिल्ला सदस्य रमेश इवाहाङ्ग,प्रदेश सभा क्षेत्र नं. १ का सभापति जितेन्द्र राई,क्षेत्र नं. २ का सभापति इन्दिरा थापा,नेपाल टेड युनियन कांग्रेस धनकुटका अध्यक्ष बिगेन्द्र याक्खा,नेपाली कांग्रेस मौनावुधुकका सभापति सुरेन्द्र चेम्जोङ्ग,बोधेका सभापति मेख वहादुर थापा,पूर्व जिल्ला सदस्य हरी नारायण यादव क्षेत्रिय प्रतिनिधि अर्जुन वराल लगायतले नेपाली कांग्रेस धनकुटा जिल्ला चौविसेका नेता तथा क्षेत्रिय प्रतिनिधि स्वर्गीय धनराज चेम्जोङ्गको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्र’द्धाञ्जली दिनु भएको थियो ।

यसैगरी नेपाल शिक्षक संघ धनकुटाका सदस्य समेत रहनु भएका स्वर्गीय धनराज चेम्जोगको पा’र्थिव शरिरमा नेपाल शिक्षक संघ १ नम्वर प्रदेश का उपाध्यक्ष गंगाराम ढुंगाना,धनकुटा अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु,उपाध्यक्ष दिल कुमारी राई,सहसचिव बिमला सन्तोषी राई,सदस्य बिनोद सुवेदी,कृष्ण गोविन्द चेम्जोंग ,शिक्षक संघका छथरजोरपार्टी अध्यक्ष हरी प्रसाद दाहाल,चौविसे कार्य समितिका उपाध्यक्ष चिरञ्जिवि अधिकारी,डेडराज बन लगायतले नेपाल शिक्षक संघको झण्डा ओढाएर सम्मान व्यक्त गर्दै श्र’द्धाञ्जी दिनु भएको थियो ।

नेपाली कांग्रेस धनकुटा जिल्ला चौविसेका नेता तथा नेपाल शिक्षक संघ धनकुटाका सदस्य स्व’र्गीय धनराज चेम्जोङ्गको नि’धनले नेपाल शिक्षक संघ र नेपाली कांग्रेसलाई अपुरणीय क्ष’ती पुगेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

स्व’र्गीय चेम्जोगको बुबा मनवीर चेम्जोंग,आमा सुकमाया लिम्बु, जेठा दाजु बल वहादुर लिम्बु,कान्छा भाई मंगल सिंह लिम्बु,बहिनी हरु बाल कुमारी र फुल कुमारी लिम्बु र श्रीमती बिमला लिम्बु,छोरी बिपिका लिम्बु र छोराहरु बिनम र विजय लिम्बु रहनु भएको नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुले वताउनु भयो ।

धनकुटा जिल्ला चौविसे गाउपालिका वडा नं. ७ पिपल डाडा प्रा. वि.का कार्यरत शिक्षक स्व’र्गीय धनराज चेम्जोग आफ्नो घर निर्माणको क्रममा केही महिना अघि काठले कि’चेर घा’ईते भै उपचारको क्रममा ५२ बर्षको उमेरमा हिजो साझ नि’धन भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।