भारतले ब न्द गर्‍यो नेपालगञ्ज नाका

नेपालगञ्ज । भारतले शनिबार बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ। भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको बताईएको छ ।

भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ । बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरुले बिहानमात्रै नाका सील गरेको बारेमा जानकारी दिएको बताए ।

बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र भएका थिए । भारततिर जान थालेका नेपाली नाकामा रोकिएका छन् ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र पारेको विषयमा नेपालमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनदेखि भारतविरुद्ध दैनिक प्रदर्शन भइरहेकाले त्यसकै कारण नाका बन्द गरिएको हो कि भन्ने हल्ला भने निराधार रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।