ए’क्सनमा प्रधानमन्त्री : सचिवालयका सबै कर्मचारीलाई रा’जीनामा दिन नि’र्देशन

आनन्द गुरुङ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको काम गर्ने शैली चुस्त नभएपछि आफ्नै सचिवालयबाट सुधार शुरु गर्ने हुनु भएको छ ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले सचिवालयका सबै कर्मचारी र सहयोगीलाई एक महिनाभित्र राजीनामा दिन निर्देशन दिनु भएको हो । आफ्ना कार्यकर्ता मात्र होइन, निजामती कर्मचारी तर्फका पनि सचिवालयका सबैलाई सचिवालय खाली गर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले भएका कसैलाई आवश्यक भएपछि बोलाउँछु, अहिले सबैले राजीनामा दिनु भन्नु भएको छ ।’

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्रीको काम गर्ने स्पिरिडलाई पछ्याउन नसकेको आरोप लाग्दै आएको थियो । प्रमुख सल्लाहकार विष्णु रिमालको ठाउँमा महेन्द्र पाण्डेलाई जिम्मेवारी दिने वा अरु कोही हुनसक्छ भनेर आवश्यक पात्रको खोजी भइरहेको छ । पत्रकार कुन्दन अर्याल र रामशरण बजगाईंले राजीनामा बुझाइसकेको स्रोतको दाबी छ । अहिले भएका सचिवालयका राजेश वज्राचार्य र चेतन अधिकारीले निरन्तरता पाउने र बाँकी सबै परिवर्तन हुने स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले सचिवालयपछि अर्थमन्त्रीलगायत केही मन्त्री परिवर्तन गर्ने बताइएको छ । अर्थमन्त्री सुरेन्द्र पाण्डे बन्नु हुने स्रोतको दाबी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖