प्रधानमन्त्रीको ‘ए क्सन’ पछि सचिवालयका सबैले बुझाए रा जीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिएका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले निर्देशन दिएसँगै सल्लाहकार समूहका पदाधिकारी र स्वकीय सचिवालयका पदाधिकारीले शनिवार(आज) राजीनामा दिएका हुन् ।

‘प्रधानमन्त्रीलाई आगामी कदम चाल्न सहज होस् भन्नका लागि सल्लाहकार र सचिवालयका पदाधिकारीले राजीनामा दिएका छौं’ प्रधानन्त्रीको सचिवालयमा रहेका एक जना पदाधिकारीले भने ।

राजीनामा दिनेमा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, प्रमुख स्वकीय सचिव इन्द्र प्रसाद भण्डारी, सूचना प्रविधि सल्लाहकार अस्गर अली लगायतका सचिवालयका पदाधिकारी रहेका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रहेका राजेश बज्राचार्यले भने राजीनामा दिनु नपर्ने भएको छ । उनी सचिवालयमा अवैतनिक भएकाले राजीनामा दिनु नपर्ने भएको श्रोतको भनाइ छ ।

प्रधानमन्त्रीको सचिवालय पार्टी नेता कार्यकर्तामाथि नै असहिष्ठु बनेको र प्रधानमन्त्रीलाई गलत विफ्रिङ गर्ने गरेको भन्दै सचिवालयको आलोचना हुने गरेको थियो । सचिवालयका सबै सदस्यलाई राजीनामा गर्न लगाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

केही दिन भित्र नै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी प्रधानमन्त्रीले गरेको श्रोतको दाबी रहेको छ । ‘प्रधानमन्त्रीले केही मन्त्रीहरु र केही राजदूतहरुलाई पनि राजीनामा गराउने तयारी गर्नुभएको छ’ श्रोतले भन्यो ।

सरकारको काम कारवाही उत्साहजनक नभएको भन्दै आलोचना बढेपछि ओलीले सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउने गरि कदम अघि बढाएको श्रोतको दाबी छ ।

मिर्गौलाको डायलाइसिस गरेसँगै प्रधानमन्त्री ओली पछिल्लो केही दिन यता सक्रिय देखिएका छन् । केही दिन अघि मात्र सरकारले यसअघि नियुक्त भएका प्रदेश प्रमुखलाई हटाउँदै नयाँ नियुक्ति गरेको थियो । त्यस्तै नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र त्रिभुवन विश्व विद्यालयमा उपकुलपति नियुक्त गर्ने निर्णय गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।