भारतीय टिभी च्यानल र चलचित्रमा प्र तिबन्ध लगाउन माग

अर्घाखाँची । भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएको विरोधमा अर्घाखाँचीमा टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारणमा प्र तिबन्ध लगाउन माग गरिएको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु, राष्ट्रिय जनमोर्चानिकट अनेरास्ववियु (छैठौं) र कांग्रेस सम्बद्ध नेविसंघलगायतका विद्यार्थी संगठनले अर्घाखाँचीमा टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारणमा लगाउन माग गरेका हुन्।

ती विद्यार्थी संगठनका नेताहरूले संयुक्त रुपमा शुक्रबार अर्घाखाँचीलगायत देशभर भारतीय फिल्ममाथि, टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन माग गरेको बताए।

उनीहरूले नक्सा नसच्चाएसम्म चुप लागेर नबस्ने चेतावनी दिए। शुक्रबार भारतले नेपालको भू-भाग भारतीय नक्सामा राखेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु (छैठौं) र कांग्रेस सम्बद्ध नेविसंघ लगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा विरोध र्‍याली गरेका थिए। ‘लिपुलेक हाम्रो हो’

‘गो ब्याक इन्डिया’ लेखिएको प्ले कार्डसहित र्‍याली गरेका विद्यार्थी संगठनले ‘लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

र्‍याली सन्धिखर्कको पाणिनी क्याम्पसबाट बजार परिक्रमा गरी शान्ती बगैंचामा आइ कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्ने वक्ताहरूले नेपालको भूमि भारतीय नक्सामा राखेर भारतले नेपालको अपमान गरेको बताएका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।