नेकपा नेता भिम रावलले भने,- कालापानी लिपुलेक राखेर अब नेपालले नयाँ नक्सा जारी गर्नुपर्छ (भिडियो सहित)

काठमाडौ । नेकपाका नेता भिम रावलले नेपालले अब लिपुलेक देखि कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गर्नु पर्नेछ भन्दै भारतसंग सिमानाको विवाद बारे आफ्नो धारणा व्यक्त गरेका छन् ।

रिपोर्टस क्लबमा कुराकानी गर्दै भिम रावलले भने: “अहिले भारतले हाम्रो सिमाना मिचेको दुखद कुरा हो र अब हामी चुप बसेर हुदैन । हामीले पनि अब हाम्रो नयाँ नक्सा सार्वजनिक गरिन जरुरी छ । नक्सामा लिपुलेक देखि कालापानी समेटेर सार्वजनिक गरेर हाम्रो सिमानालाई सुरक्षित गर्नुपर्छ । हाम्रो सिमानामा भएका भारतीय सेनाहरुलाई पनि फर्काउनु पर्छ र सिमानामा सुरक्षा बढाउनु पर्छ ।”

भिम रावलले पठन पाठनमा पनि समेट्नु पर्छ जसले गर्दा आउने पिडिले पनि देशको सिमाना बारे जानकार हुन्छन र आउने दिनमा छिमेकीले सिमाना मिच्न नसकून भन्दै आफ्नो तर्क प्रस्तुत गरे ।

राजा महेन्द्रले कालापानी भारतसंग सम्झौता गरेर हस्तान्तरण गरिसके भन्ने कुरा हावादारी हुन् भन्दै भिम रावलले भने: “यदि राजा महेन्द्रले त्यस्तो गरेको भए सम्झौता पत्रहरु केहि त हुनपर्थ्यो र भारतले यो कुरा भनेको पनि छैन । यस्तो गलत प्रचार गर्नु हुदैन नत्र यसले हाम्रो भूभाग अरुलाई दिन मिल्छ भन्ने नजिर बस्न जान्छ । त्यसैले तर्क विहिन कुरा गर्न छोडेर संवाद बाट यो समाधान गरिन जरुरी छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।