ढुक्क हुनुस् भारतले मि’चेको भूमि जुनै हालतमा पनि फर्काउछौ : परराष्ट्रमन्त्रि (भिडियो सहित)

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिक माध्यामबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको यथेष्ट प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै त्यसैको आधारमा ती समस्या समाधान गर्न सरकार लागिपर्ने दृढता व्यक्त गरेका छन् । मन्त्रि ज्ञवालीले त्यसका लागि सरकारलाई राष्ट्रिय सहमति प्राप्त भएको पनि स्मरण गराएका छन् ।

सत्तारुढ नेकपामा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले आईतबार ती समस्या तत्काल समाधान गर्न दिएको ज्ञापन पत्र बुझ्दै मन्त्रि ज्ञवालीले भारतले बल मिचाई गरेर कालापानीलाई पनि आफ्नो सीमामा राखेर एक पक्षीय नक्सा जारी गरेको उल्लेख गर्दै स्विकार्य नहुने पनि स्पष्ट पारेका छन् । ‘यसमा नेपालको सदैव असहमति रहँदै आएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘यो स्विकार्य हुनै सक्दैन ।’

हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङदी नदी भएको भन्दै अनेक कृतिमता खडा गरेर भारतले बलमिचाई गरेको पनि उल्लेख गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।