धनकुटामा पनि भव्यताका साथ मनाईयो महागुरु फाल्गुनन्दको जन्म जयन्ति

धनकुटा खबर । किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्ती तथा १६ औ राष्ट्रिय विभूति दिवस आज विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाईएको छ ।

यो अवसरमा चौविसे गाउँपालिका २ मुढेवास काभ्रावोटे धनकुटामा पनि महागुरु फाल्गुनन्दको जन्म जयन्ति तथा राष्ट्रिय विभूति दिवस मनाईएको छ । किराँतेश्वर युमा माङ्हिम चौविसे गाउँपालिका २ मुढेवास काभ्रावोटेद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथि चौविसे गाउँपालिका प्रमुख खजिन्द्र राईले किराँत संस्कार सँस्कृती प्रति सकरात्मक सुधार आईरहेकोमा गर्व गर्दै सँस्कार सस्कृतीको नाममा रहेका विकृतीहरुलाई अझ सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले आगामी आर्थिक वर्ष २०७७|÷७८ मा किराँतेश्वर युमा माङ्हिम परिसरमा गाउँपालिकाको तर्फवाट एक शौचालय निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तैगरी कार्यक्रमका विशेष अतिथि २ नं वडाध्यक्ष ममिन्द्र कुमार लिम्वुले किराँतीहरुले गरेको यस कार्यक्रम प्रति धन्यवादव्यक्त गर्दै वडावाट मन्दिरलाई आवश्यक सहयोग गर्ने वताउनुभभयो ।

किराँतेश्वर युमा माङ्हिम चौविसे २ मुढेवास काभ्रावोटेका अध्यक्ष मोहन तुम्साको अध्यक्षतामा सञ्चालित कार्यक्रममा अध्यक्ष तुम्सा र सचिव भीम वहादुर तुम्साले माङ्हिम परिसर व्यवस्थापनका लागि गाउँपालिका प्रमुख राई समक्ष ८० लाख वरावरको मागपत्र पेश गरेको नेकपा चौविसे गाउँपालिका प्रचार विभाग प्रमुख शालिग्राम पौडेलले जानकारी दिनुभयो ।

अहिले सम्म चौविसे गाउँपालिकाको विभिन्न स्थानमा भएका कार्यक्रमहरु मध्ये भव्य रुपमा भएको यो कार्यक्रमकै अवसरमा माङ्हिम परिसरलाई जग्गा प्रदान गर्नुहुने ४ जना जग्गादाताहरु रुप कुमार चेम्जोङ,पेञ्ची माया तुम्सा,तेज कुमार मगर र धनमाया तुम्सालाई सम्मान गरिएको छ भने ५ सय भन्दा माथि नगद सहयोग गर्ने १०८ जना आर्थिक सहयोगीहरुलाई पनि सम्मान गरिएको छ । कार्यक्रमको उद्घाटन १०८ दिप प्रज्वलन गर्दै गाउँपालिका प्रमुख राईले गर्नुभएको थियो ।

स्वगत मन्तव्य आयोजक संस्थाका सचिव भीम वहादुर तुम्साले राख्नुभएको कार्यक्रमको सञ्चालन नीलोक र रकम तुम्साले गरेका थिए । शूभकामना मन्तव्य नेकपाको तर्फवाट सञ्चवहादुर मादी, नेपाली कंग्रेसका चिन्तामणी पौडेल, सञ्चारकर्मीहरुको शालिग्राम पौडेल,शिक्षकहरु मान वहादुर वस्नेत,कैलाश ढुंगाना लगायतले राखेका थिए ।

कार्यक्रममा सतयनारायण, महादेवको पूजा आराधना गरिएको थियो । आजै राती त्यहाँ साँस्कृती कार्यक्रम समेत हुने जनाईएको छ । माङ्हिम परिसको कार्यक्रम अघि विभिन्न जातजातीको महानुभाव उपस्थित र्यालीले शूक्रवारे वजारको परिक्रमा गर्दै मन्दिर परिसर पुगेर पञ्चकञ्यावाट कार्यक्रमका प्रमुख अतिथिलाई स्वागत गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।