धनकुटामा ५० प्रतिशतले लिए अन्तिम कि’स्ता
विकास घिमिरे, धनकुटा खबर, २६कार्तिक । भुकम्प पी डितको लाभग्राही सुचिमा समावेश भएका धनकुटाका २ हजार ६ सय ३२ परिवार मध्ये १ हजार ३ सय १६ परिवारले अन्तिम कि स्ता बापतको रकम लिईसकेका छन् ।
निजी आवस पुननिर्माण अन्र्तगत ५० प्रतिशत लाभग्राहीले अन्तिम किस्ता सम्मको ३ लाखका दरले रमक लिईसकेको जिल्ला आयोजना कार्यान्यन इकाई धनकुटाका प्रमुख थिरेन्द्र दाहालले जानकारी दिनु भयो ।
लाभग्राहि सूचीमा समाबेस भएका ८ सय ४३ जनाले दोस्रो किस्ता र ४ सय ७३ जनालपहिलो किस्ता सम्मको रमक लिएका छन् । अहिले धनकुटामा पुननिर्माणको काम दुत्र गतिमा संचालन भई रहेको प्रमुख दाहालले जानकारी दिनु भयो ।


