किरात राई कलाकार संघ धनकुटाको अध्यक्षमा जीवन
धनकुटा खबर, २६ कार्तिक । किरात राई कलाकार संघको तेस्रो जिल्ला अधिवेशनले जिवन राईको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
मंलबार भएको जिल्ला अधिवेशनले राई लाई अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा सुखकला राई, सचिवमा निशा राई ,सहसचिवमा यशुराज राई, कोषध्यक्षमा जुनि राई चयन भएकी छन् त्यस्तै सदस्यहरुमा सन्तोष राई, लक्ष्मी राई, किरण राई, रामप्रसाद राई ,सागर राई साङ्गकेन राई ,साजन राइर्, रेजिना राई ,स्वस्तिका राई, छेनी राई र एरिना राई चयन भएको सदस्य एरिना राईले जानकारी दिनु भयो ।

कार्यक्रमको प्रमुख अतिथी किरात राई संस्कृतीक संघका केन्द्रिय कार्य समितीका संगठन प्रमुख रामकर राईको रहनु भएको थियो भने कार्यक्रको अध्यक्षता किरात राई यायोख्खाका धनकुटाका अध्यक्ष नगेन्द्र राईले गर्नु भएको थियो ।


