उद्योग दिवसको अवसरमा धनकुटामा निवन्ध प्रतियोगिता

धनकुटा खबर । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले उद्योग दिवसको अवसर पारेर खुल्ला निवन्ध प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

आगामी मंसिर गते ९ गते उद्योग दिवसको अवसर पारेर स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु मध्येवाट ‘आत्मनिर्भर अर्थतन्त्रतका लागि घरेलु उद्योगको भूमिका’ शिर्षकमा निवन्ध प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

जिल्लामा संचालित हरेक क्याम्पसवाट ४ सय शब्द नबढाई निवन्ध लेख्न लगाई उत्कृष्ट २ निवन्ध जिल्ला स्तरमा मुल्यांकनको लागि छनौंट गरि ती मध्येवाट तीन उत्कृष्ट निवन्धलाई पुरस्कृत गरिने कार्यालयका निमित्त उद्योग प्रमुख दिनेश ढुंगानाले बताए ।

पहिलो हुने उत्कृष्ट निवन्धलाई नगद ५ हजार, द्वितियलाई ३ हजार र तृतियलाई २ हजार र प्रमाणपत्र प्रदान गरिने निमित्त उद्योग प्रमुख ढुंगानाले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।