झमक घिमिरेको आत्मकथामा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ प्रर्दशन गर्न नदिएपछि

धनकुटा खबर । मदन पुरस्कार विजेता झमक घिमिरेको वहुचर्चित आत्मकथामा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ का निर्माता तथा निर्देशक विनोद विष्टले हलमा प्रर्दशन गर्न नदिई फिल्म माथि वितरकले खुल्ला रुपमा म’र्डर गरेको आरोप लगाउनुभएको छ ।

पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फिल्म निर्माता तथा निर्देशक विष्टले वितरकले फिल्म नचलेको भन्दै पन्छिएर हलवाट उतारेर प्रदर्शन गर्न नदिएको आरोप लगाउनुभएको हो ।

वायोपिक फिल्म ‘जीवन काँडा कि फुल’ गत कात्तिक २२ गते देखि देशभर प्रर्दशनमा आएको थियो । तर वितरकले पर्याप्त हल नदिँदा सीमित हलमा मात्रै फिल्म चलेको भन्दै फिल्म चल्न नदिए ह’त्तोत्साहित गरेको उहाँले गु’नासो गर्नुभयो । विष्टका अनुसार क्यूएफएक्स, मल्टिप्लेस हलमा फिल्म शुक्रवार प्रर्दशन हुनुपूर्व वुधवार नै कुन–कुन हलमा फिल्म लाग्दैछ । कति सो पायो भन्ने खवर निर्मातालाई आउँछ । वक्स अफिसको सर्वर अहिले चलचित्र विकास वोर्डले राख्दो रहेछ ।

टाईमिङ विकास वोर्डले फिक्स गर्दो रहेको छ । वितरक कम्पनी श्री वालाजी टेलिफिल्मका संचालक सुनिल मानन्धरले विकास वोर्डवाट सर्भ ह्याक भयो भन्ने खवर दिएको उहाँले बताउनुभयो । सिटी मलमा रहेको मल्टिप्लेसमा शुक्रवार विहान ११ बजे एउटा मात्रै सो पाइएको रहेछ भन्दै उहाँले तर आफुले शुक्रवार विहान ९ बजे मात्रै खवर पाएको वताउनुभयो ।

अव कसरी प्रचार गर्नु भन्ने प्रश्न गर्दै एउटा वहुचर्चित कृतिमा आधारित फिल्म प्रदर्शन हुँदा पनि कुनै निकायवाट साथ नपाएको उहाँले गुनासो गर्नुभयो । गेम प्लान्ट गरेर फिल्म माथि दह्रो राजनीतिक गरेको उहाँको दावी छ । फिल्ममा झमक सानो छँदाको रोल सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको रोल काठमाडौंकी रोजिता वुद्धचार्यले गर्नुभएको छ ।

त्यस्तै झमकको वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरि लगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ । करिव ८० लाख रुपैयाको लागतमा निर्माण भएको फिल्म २ घण्टा ५ मिनेट लामो छ ।

फिल्मका कार्यकारी निर्माता बद्री चौहान, उमानाथ सुवेदी, जुनु गौतम, संवाद झमक घिमिरे, मुक्ति उपाध्याय बराल, पटकथा मुक्ति उपाध्याय बराल, संगीत प्रकाश शिवाकोटी, गीतकार झमक घिमिरे, प्रकाश शिवाकोटी, छायाँकार शिव ढकाल, नृत्य निर्देशन कमल राई, प्रोडक्सन डिजाइनर दिनेश प्रकाश महरा, प्रोडक्सन म्यानेजर प्रकाश हमाल, कलररिष्ट श्याम कुवँर, सम्पादक तारा थापा किम्भे लगायत छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।