अन्ततः आज नहुने भयो मन्त्रिमण्डल पुनर्गठन

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनका लागि जुटे पनि अन्ततः आज मन्त्रिमण्डल पुनगर्ठन नहुने भएको छ । दुई अध्यक्षबीच राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा मन्त्री हेरफेरमा सहमति जुटाएको थियो । नेकपा सचिवालयको वैठकले आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने भनिए पनि समय अभावका कारण आज मन्त्रिमण्डल विस्तार हुन नसकेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ होटल याक एण्ड यतीमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न जानु परेका कारण बुधबार मन्त्रिपरिषद पनर्गठन नहुने भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको व्यस्तताका कारण आज मन्त्रिपरिषद पनर्गठन नहुने अध्यक्ष प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले जानकारी दिएकी छन् । ‘दुबै अध्यक्ष एक कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले आज मन्त्रिपरिषद पुनर्गठन नहुने भएको छ’, उनले भनिन्, ‘दुबै दुबै अध्यक्ष बालुवाटारबाट निस्किसकनु भयो ।’

यता बालुबाटार स्रोतले पनि बुधबार मन्त्रिपरिषको पुनर्गठनको सम्भावना कम रहेको जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्री ओली एक कार्यक्रममा सहभागी हुने भएका कारण आज पुनर्गठनको सम्भावना कम भएको जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।