धनकुटा लेडि जेसिज प्र स्तावितको आयोजना र प्रमिशाज क्रियशन धनकुटाको स हयोगमा गलैचा बुनाई तालिम स म्पन्न
धनकुटा, ६ मंसिर । शिप बिनाको मानिस अपुरो र अधुरो हुने धनकुटामा धनकुटा लेडि जेसिज प्रस्तावितको आयोजना र प्रमिशाज क्रियशन धनकुटाको सहयोगमा संचालन गरिएको गलैंचा बुनाई तालिमको समापन कार्यक्रममा सहभागीहरुले वताउनु भयो ।

कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले शिप बिनाको मानिसको जिवन अपुरो र अधुरो हुने वताउदै शिपले मानसिलाई आत्मनिर्भर बनाउने वताउनु भयो ।
सहभागीहरुलाई प्रमाण पत्र महासंघका अध्यक्ष विजय सन्तोषी राई,धनकुटा लेडि जेसिज प्रस्तावितका संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ थापाले वितरण गर्नु भएको थियो ।
धनकुटा लेडि जेसिज प्रस्तावितका अध्यक्ष प्रिमिशा श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रबिना श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव सावित्रा वान्तवा राईले गर्नु भएको थियो ।
खेर गएका कपडाहरुलाई प्रयोग गरेर गलैचा बुनाई तालिममा १५ जना धनकुटाका महिलाहरुले भाग लिनु भएको धनकुटा लेडि जेसिज प्रस्तावितका उपाध्यक्ष व्रिशिका श्रेष्ठले वताउनु भयो । धनकुटा लेडि जेसिज प्रस्तावितले धनकुटामा विभिन्न सामाजिक कार्यहरु जनचेता मुलुक र रचनात्मक कार्यक्रमहरु समेत संचालन गरिरहेको जेसी विपना श्रेष्ठले वताउनु भयो ।


