सहकार्यबाट विद्यालयका स’मस्या समाधान गर्ने हिले माविका प्रअको प्र’तिव’द्धता
धनकुटा खबर । हिले माद्यमिक विद्यालय धनकुटा १ हिलेका कक्षा ११ र १२ का विद्यार्थी, शिक्षक तथा अभिभावकहरु वीच आज विभिन्न विषयमा अन्तरक्रिया गरिएको छ ।
धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष निरेन तामाङको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा कक्षा ११ र १२ को कोचिङ कक्षा, पुस्ताकालयको समस्या र यसको समाधान, विद्यार्थी र शिक्षकको अनुशासन, समयको पालना लगायतको विषयमा छलफल गरिएको हो ।
विद्यालय कै आयोजनामा भएको कार्यक्रममा विद्यार्थी र अभिभावकले राखेको जिज्ञासा एवम् समस्याको वारेमा विद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्यले जवाफ दिनुभएको थियो । उहाँले विद्यालयमा रहेको समस्या जतिपनि समस्याहरुछन् ती सवै विद्यार्थी र अभिभावकहरुसँगको सहकार्यमा समाधान गर्ने प्र’तिवद्धता समेत जनाउनुभएको छ ।

त्यस्तै कार्यक्रममालाई सम्वोधन गर्दै १ नं वडाध्यक्ष तामाङले विद्यालयमा रहेका जतिपनि समस्याहरुको समाधान गरी यो विद्यालयलाई नमुनाको रुपमा स्थापीत गर्ने योजना रहेको जानकारी गराउदै सोही अनुसार काम गर्न आग्रह गर्नुभयो ।
साथै यो विद्यालयलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने भन्दै उहाँले शिक्षक र विद्यार्थीहरुलाई नियमित कक्षा सञ्चालन गर्न र लिन आग्रह गर्नुभयो ।


