यस्तो छ बरको रुखमा बनाईएको घर, यतिबेला आकर्षणको केन्द्र बन्दै (हेर्नुहोस् भिडियो सहित)
कबिराज घिमिरे, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ परेवादिनको चुम्लुङ टोलमा निर्माण गरिएको यो ‘ट्री हाउस’ यतिबेला धेरैको आकर्षणको केन्द्र बनेको छ ।
ट्री हाउस स्थानिय हेम लिम्वु र प्रेम लिम्वुले करिब पाँचलाख रुपैया खर्च गरेर सञ्चालनमा ल्याएका हुन् । हेम ४२ महिना विदेशमा काम गरेर केही वर्ष अघि मात्र घर फर्किएका हुन् भने प्रेम गाउँ मै सामुदायीक स्वास्थ्य ईकाईमा काम गदै आएका थिए ।
पर्यटक आषर्ण गर्ने, स्थानिय स्तरमै राजगार श्रृजना गर्न, वसाई सराईको क्रम लाई समेत न्यूनिकरण गर्ने लक्षका साथ ट्री हाउस सञ्चालनमा ल्याईएको हो । नयाँ तरीकाले जुनसुकै ब्यापार ब्यबसाय जहा पनि गर्न सकिन्छ भन्ने सन्देश दिन गाँउमै ट्री हाउस सञ्चालन गरिएको सञ्चालक हेम लिम्बुले बताए ।

धनकुटाको छथर जोरपाटि गाँउपालिकाको जोरपाटि बजार तथा सिदुवा बजारवाट सवारी साधनको प्रयोग गरी करिब आधा घण्टा तथा पैदल करीब डेढ घण्टाको यात्रा पछि पुग्न सकिने ट्री हाउसमा पुग्ने सडक समेत उति राम्रो छैन । तर पनि ट्री हाउस हेर्नकै लागि धनकुटा सहित छिमेकी जिल्ला बाट समेत आगन्तुक त्यहा सम्म पुग्ने गरेका छन् । हाल दैनिक ४० देखि ५० ब्याक्ति आउने गरेको प्रेमको भनाइ छ ।
यो पनि हेर्नुहोस् – बैदेशिक रोजगारबाट फर्केका धनकुटाका यी युवा जसले गाऊकै भाईसँग मिलेर बनाए यस्तो ‘ट्री हाऊस’ (फोटो फिचर सहित)


