धनकुटाको हिलेमा ७ दिने पत्रकारिता तालिम
धनकुटा खबर । आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाको आयोजनामा आजदेखी धनकुटा १ हिलेमा ७ दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ ।
धनकुटा नगरपालिको आर्थिक सहयोगमा ७ पत्रकारिता तालिम सञ्चालन गरिएको हो । तालिममा धनकुटा नगरपालिकाको प्रत्येक वडाबाट महिला एक महिला र एक पुरुष गरी २-२ जनाको सहभागिता रहेको तालिम आयोजक संस्था आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाका अध्यक्ष सन्तवीर लामाले जानकारी दिनुभयो ।
तालिममा केन्द्रिय सल्लाहकार सञ्जय सन्तोषी राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, सन्तवीर लामा लगायतकाले सहजीकरण गरेकाछन् ।

तालिमको उद्घघाटन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रिय सल्लाहकार सञ्जय सन्तोषी राईको प्रमुख आतित्थ्यमा सञ्चालित कार्यक्रमको वीच गरिएको थियो ।
तालिम उद्घाटन कार्यक्रममा विशेष अतिथि धनकुटा नगरपालिका वडा नं. १ का कार्यवाहाक वडाध्यक्ष लालचन्द्र गोङबा रहनुभएको थियो भने नेपाल तामाङ्ग घेदुङ्गका जिल्ला अध्यक्ष विष्णु मोक्तान,सचिव फुर्वा तामाङ्ग,सह–सचिव डिबी मोक्तान तामाङ्ग लगायतकाको उपस्थिति रहेको थियो ।
स्वागत मन्तब्य नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा शाखाका सह–सचिव जयन्ती राईले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र कश्चितले गर्नुभएको थियो ।


