धनकुटाको छथरजोरपाटीमा वि’पद प्र’तिकार्य विषयक तालिम
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा आजदेखी सामुदायिक विपद प्रतिकार्य विषयक तीन दिने तालिम शूरु भएको छ ।
छथरजोपाटी गाउँपालिका कै आयोजना तथा वरखगण सल्लेरी व्यारेक धनकुटाको संयोजनमा सञ्चालित तालिमको उद्घाटन गाउँपालिकाका उप–प्रमुख भीम कला श्रेष्ठको अध्यक्षता तथा वरख गण सल्लेरीका सह–सेनानी एवम् १ नं विपद गणका अधिकृत हेमन्त सिंहको मुख्य आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच गरिएको हो ।
विपद व्यवस्थापनको कार्य थप प्रभावकारी र छिटो छरितो गर्ने, गराउने लक्षका साथ आयोजित तालिममा गाउँपालिकाका प्रत्येक वडावाट विपत प्रतिकार्यमा खट्न सक्ने एक,एक जना महिला सहित चार,चार जना युवा, प्रत्येक रेडक्रस शोसाईटी उपशाखावाट दुई, दुई जना, दलित संघवाट २ जना, आदीवासीजनजाती महासंघवाट दुई जना, सामुदायीक वन उपभोक्ता महासंघवाट दुई जना, शिक्षक दुईजना गरी जम्मा ४० जनाको सहभागीता रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा विपद प्रतिकार्य सम्पर्क व्यक्ति सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।
तालिमको सहजीकरण वरख गण सल्लेरीका सह–सेनानी एवम् १ नं विपद गणका अधिकृत हेमन्त सिंह लगायतले गर्नुहुने उहाँले वताउनुभयो । तालिम उद्घाटन कार्यक्रममा वरख गणका सहायक सेनानी डिल्लीराम साप्कोटा सहित १५ जनाको टोली र गाउँपालिकाका पदाधिकारीहरुको उपस्थिती थियो ।


