धनकुटा कांग्रेस ने ता तथा स माजसेवी श्रेष्ठको नि धन
धनकुटा । धनकुटाका वरिष्ठ समाजसेवी तथा नेपाली कांग्रेस धनकुटाका नेता स्वर्गीय नेत्र वहादुर श्रेष्ठको आज धनकुटाको मुलघाट स्थित तमोरनदीमा चारतारे झण्डा ओढाई अन्त्यष्टि गरिएको छ ।

स्वर्गिय श्रेष्ठको पार्थिव शरिरमा नेपाली कांग्रेस धनकुटका उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य लोकेन्द्र रायमाझी,रोशेष श्रेष्ठ,नगर सभापति रोशन श्रेष्ठ,उपसभापति मलिन खड्की,पूर्व जिल्ला सदस्य दिनेश भण्डारी,वडा नं. ७ का सभापति सुनलि कुमार डंगोल,वडा नं. ८ का सभापति सूर्य वहादुर राई,वडा नं. ५ का उपसभापति गोविन्द राई,नेपाली कांग्रेसका सदस्यहरु सत्य नारायण श्रेष्ठ,कुमार दाहाल,केदार नाथ श्रेष्ठ लगायतले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिई सम्मान गर्नु भएको थियो ।
९३ बर्षको उमेरमा हिजो आफ्नै निवास धनकुटा ७ मा निधन हुनु भएका श्रेष्ठको धर्मपत्नी शान्ति श्रेष्ठ,छोराहरु सुधन श्रेष्ठ,सजल श्रेष्ठ र छोरीहरु ममता श्रेष्ठ र लता श्रेष्ठ हुनुहुन्छ ।
स्व श्रेष्ठले नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य ,वडा सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरी धनकुटा नगरपालिकाको वडाध्यक्षमा समेत २०४९ निर्वाचित भै वडा र धनकुटाको नगरपालिकाको विकास र समृद्धीका लागी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको उल्लेख गर्दै नेपाली कांग्रेस धनकुटाका सचिव राईले वहाॅंको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको बताउनु भयो ।


