भारतीय पक्षले ज’बर्ज’स्ती एकत’र्फी कुलो बनाएकोमा च’र्को वि’रोध

वीरगञ्ज । पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले ज’बर्ज’स्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन् । ठोरीमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले भारतीय पक्षले पानी मुहान थुनेर दुईवटा कुलो बनाई भारततर्फ पानी लैजाने गरेको बताउनुभयो ।

ठुटे खोलाको पूर्वतर्फको भिरसँगै रहेको तीनवटा कुलोमध्ये दुईवटा ठूला कुलाबाट भारतीय पक्षले एकतर्फी रुपमा पानी लगेको छ भने एउटा सानो कुलो नेपाली पक्षलाई प्रयोग गर्न दिएको बताउँदै स्थानीयवासी प्रेमबहादुर विक भन्नुहुन्छ, “सोको विरोध गर्दा भारतीयहरुले कुटपिट गर्ने, दबाब दिने भएकाले यसतर्फ नेपाल सरकारले समयमै ध्यान दिनुपर्दछ ।”

चितवनको चुरे डाँडामा रहेको पानीको मुहानबाट सो पानी ठुटे खोलामा आउने गरेको र सो खोला हँुदै पानी भारतर्फ जाने गरेको छ । अहिले सो खोलामा पानी त्यति मात्रामा नभए पनि कुलो बनाएर भारतर्फ लैजाने गरिएको छ । नेपाली पक्षले सो कुलो प्रयोग गर्न खोज्दा भारतीय सुरक्षा बल (एसएसबी), भारतीय किसान र भारत सहोदराका मुखिया आएर कुलोको रेखदेख गर्ने, मर्मतसम्भार गर्ने गरेको बताउँदै स्थानीयवासी ईश्वरी भुजेलले भन्नुभयो, “भारतीय पक्षले ४३५ नंको जङ्गे पिल्लर नेपाली भूमिमा सारेर दक्षिणतर्फको छ कट्ठा नेपाली भूभाग अतिक्रमण गरी भोगचलन गर्दै आइरहेको छ ।’’

ठोरीवासीले २०३५ सालको नापीमा सो जग्गा नेपालीले भोगचलन गर्दै आएकामा भारतीय पक्षले दशगजा मिचेर जङ्गे पिल्लर गाडेकामा आपत्ति जनाएको छ । तीन वर्षअघि ठुटे खोलामा पुल बन्यो तर भारतीय पक्षले सो पुल सञ्चालनमा अवरोध गरेपछि हाल खोलाबाट सवारी साधन आउने जाने गरेको छ ।

नेपाली पक्षले सिँचाइका लागि आफ्नो भूमिमा कल्र्भट बनाउन लाग्दा भारतीय पक्षले अवरोध गर्ने गरेको ठोरीवासीले आरोप लगाएका छन् । यस्तो बलमिच्याइका कारण दुई देशबीचको सुमधुर सम्बन्धमा आँच आउने भएकाले यसतर्फ भारतीय पक्ष गम्भीर हुनुपर्ने उहाँहरुको भनाइ छ ।

भारतीय तस्करहरुले ठोरीमा आएर नेपाली चेलीसँग विवाह गरी मदिरा पसल सञ्चालन गर्ने तथा होहल्ला, झैझगडा तथा तस्करी गर्ने गरेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा रहेको जङ्गली हात्तीको आतङ्क बढेकाले सोको नियन्त्रण गर्न निकुञ्ज प्रशासनसँग धेरैपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको ठोरीवासीको गुनासो रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।