अब कर्मचारीले ब’हुविवाह गरे पदबाटै ब’र्खा’स्त

काठमाडौं । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त हुने कानुन बनाउने तयारी गरेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था थप गर्नेगरी प्रतिवेदन तयार पारिएसँगै बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त हुने व्यवस्था लागू हुने भएको हो ।

सरकारले बहुविवाहलाई निरुत्साहित गर्ने नीतिअनुसार फौजदारी संहितामा भएको व्यवस्था जस्तै निजामती सेवासम्बन्धी विधेयकमा पनि राख्ने भएको हो ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधीन मस्यौदा प्रतिवेदनमाथि सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा छलफल हुने कार्यतालिका रहेको छ ।

फौजदारी संहितामा जस्तै अघिल्लो विवाह कायम रहँदारहँदै अर्को विवाह गरे बहुविवाह गर्ने निजामती कर्मचारीलाई जागिरबाट बर्खास्त गरिनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।