‘समृद्ध नेपाल, सुखी नेपाली’को आ काङ्क्षा पूरा गर्नेगरी काम गर्छु : मन्त्री गुरुङ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षालाई पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथीको लागि साथी नामक सङ्घ, कालीञ्चोक युवा क्लव र लायन्स क्लव अफ दोलखालगायतका सङ्घ÷संस्थाद्वारा उनको सम्मानमा आज यहाँ आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले जनतालाई लाभ हुने र परिणाम आउने गरी जनताको पक्षमा काम गर्ने बताए ।

‘यो बेला दोलखा जिल्लाको विकाससँगै सिङ्गो देशको विकास गर्ने बेला हो, देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बेला हो, यसलाई सफल बनाउनका लागि सम्पूर्ण जनताको त्यतिकै साथ र सहयोगको आवश्यकता हुन्छ,’ उनले भने ।

मन्त्री गुुरुङले दोलखा जिल्लाको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासँगै नमूना जिल्लाका रुपमा विकास गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे । उनले आफू सधैंभरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिमान्तकृत समुदायको पक्षमा रहेको र सरकारमा रहुनजेल उनीहरुको हितमा नै काम गर्ने बताए ।

प्रतिनिधिसभा सदस्य दिव्यमणि राजभण्डारीले विचारको हिसावले जुनसुकै पार्टीमा आस्था भएतापनि दोलखा जिल्लाको विकासको लागि सम्पूर्ण दोलखावासी एकजुट भएर अगाडि बढ्नुपर्छ भने । पूर्वमहान्याधिवक्ता मुक्ति प्रधान र समाजसेवी कमल श्रेष्ठलगायतले दोलखा जिल्लालाई देशकै नमूना जिल्लाका रुपमा विकास गर्न सरकारलाई आग्रह गरे ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।