आज कि न बोलाए प्रचण्डले नेकपा सचिवालय बैठक

काठमाडौं, मंसिर १८ । कार्यकारी अध्यक्ष भएको १४ दिनपछि नेकपा अध्यक्ष प्रचण्डले सचिवालयको बैठक बोलाएका छन्।

बुधबार बिहान ९ बजे पार्टी कार्यलय धुम्बाराहीमा सचिवालयको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले  बताए।

बैठकमा उपनिर्वाचनको समिक्षाका साथै स्थायी कमिटीको बैठक बोलाउनेबारे छलफल हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारमा रहेकाले बैठकको अध्यक्षता प्रचण्डले मात्रै गर्नेछन्। मङ्सिर ४ गते प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डलाई कार्यकारी दिने र आफुले पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमती भएपछी पहिलो पटक यो बैठक बस्न लागेको हो।

यसअघि भदौको ९ गते ओली सिङ्गापुरमा उपचार गर्न गएका बेला प्रचण्डले सचिवालयको बैठक बोलाएर केन्द्रिय समितीमा चार जना थप गरेका थिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्यको कारण देखाउँदै प्रचण्डले २४ मंसिरबाट गर्न लागेको चीन भ्रमण स्थगित गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।