समृद्धिका लागि उद्योगधन्दा र व्यापार आवश्यक: बाबुराम भट्टराई

तनहुँ । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समृद्धिका लागि उद्योगधन्दा र व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको बन्दीपुरमा आज पार्टीका कार्यकर्तासँग आयोजित भेटघाटमा हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले परम्परागत कृषिले मात्रै समृद्धि सम्भव नरहेकाले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताए । विश्वमा विकास भएका नयाँ ज्ञान विज्ञानलाई प्रयोग गरेर कृषिमा आधुनिकीकरण र औद्योगिकीकरण आवश्यक रहेकामा भट्टराईको जोड थियो ।

नेपालमा राजनीतिक आन्दोलन पूरा भइसकेकाले जनताको आर्थिकस्तर उकास्दै समृद्ध मुलुक बनाउनेतर्फ सबै पार्टीको चासो हुनुपर्नेमा भट्टराईले जोड दिए । उनले विकासको सवालमा राजनीति नगरी सबै राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्ने धारणा राखे । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖