सामुदायीक मेलमिलाप समाज धनकुटामा पुनः खड्का
धनकुटा खबर, २३ मंसिर । सामुदायिक मेलमिलापकर्ता समाज धनकुटा नगरपालिकाको दोस्रो नगर अधिवेशनले अध्यक्षमा धनबहादुर खड्कालाई पुनः अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ ।

आज सम्पन्न दोस्रो नगर अधिवेशनले खड्कालाई पूनः अध्यक्षमा चयन गर्दै १५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । नयाँ कार्य समितिको उपाध्यक्षमा रेजिना हिङमाङ, सचिवमा राजेन्द्र गुरागाई, सह–सचिवमा ज्ञानेन्द्र घिमिरे, कोषाध्यक्षमा टंक रोइला र सदस्यहरुमा दिलकुमारी राई, भीमवहादुर राई, सुसिला राई लगायत हुनुहुन्छ ।


