उद्योग क्षेत्रमा देखिएका स’मस्या राज्यले सम्वोधन गर्न सकेन : गोल्छा

धनकुटा खबर । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ केन्द्रिय उपाध्क्ष शेखर गोल्छाले उद्योग क्षेत्रमा देखिएका समस्यालाई अझै पनि राज्यले सम्वोधन गर्न नसकेको बताएका छन् ।

उद्योग बाणिज्य संघ धनकुटाको ४५ औं बार्षिक साधरण सभालाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । सरकारले उद्योग क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्दै उद्योग स्थापनाको वाताबरण बनाउन आवश्यक रहेको समेत बताए ।

कार्यक्रमा बोल्दै अन्य उद्योगी व्यावसायी हरुले सरकारले लगानी मैत्री बतावरण बनाए मात्र औद्योगीक विकास हुने धारण राखेका थिए । उनिहरुले उद्योग बाणिज्य संघ धनकुटाको ४५ औं बार्षिक साधरण सभा सर्वसम्मत रुपमा नया नेतृत्व चयनहुने बिश्वास राख्दै औद्योगिक क्षेत्रमा स्वस्थ प्रतिस्पिर्धा हुनु पर्ने बताए ।

कार्यक्रमा शुभकामना व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले उद्योगको सुरक्षा दिन प्रसासनले कुनै कसर बाकि नराख्ने बताए । आज बाट सुरु भएको उद्योग बाणिज्य संघ धनकुटाको ४५ औं बार्षिक साधरण सभाले २८ गते नयाँ नेतृत्व चयन गर्ने निर्वाचन समितीको तालिका रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।