नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०७५ मातृभाषा साहित्यका लागि अमर तुम्याहाङलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित हुनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ४ वर्षमा अर्पण गरिने राज्यकै सर्वाधिक गरिमामय पुरस्कार पृथ्वी प्रज्ञा पुरस्कारद्वारा वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित हुनुभएको हो । पुरस्कारको राशि रु. ४ लाख नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।

 

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीज्यूले जोशीलाई सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशि र गरिमाको पृथ्वी प्रज्ञा–पुरस्कार अर्पण गर्नुभएको हो ।

समारोहमा नेपाल प्रज्ञा सामाजिक शास्त्र÷संस्कृति÷दर्शन पुरस्कार प्रा. डा.त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा अर्पण गरिने सो पुरस्कारको राशि रु. एक लाखसहित दोसल्ला र सम्मानपत्र रहेको छ । नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा डा. टङ्कप्रसाद न्यौपानेलाई अर्पण गरियो । प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारको राशि रु. एक लाख, दोसल्ला र सम्मानपत्र रहेको छ ।

नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७५) मदन रेग्मी, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७६) भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अयोध्यानाथ चौधरी, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमृत योञ्जन तामाङ तथा नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अशोक थारुलाई अर्पण गरियो । उक्त पाँचवटै पुरस्कारको राशि रु एक लाख नगद, दोसल्ला र सम्मानपत्र रहेको छ ।

सोही समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव– २०७६ का विजयी कविहरूलाई पुरस्कृत गर्नुभयो । महोत्सवमा प्रथम स्थान हासिल गर्नुहुने धादिङका हेम प्रभासलाई रु ३० हजार, द्वितीय स्थान हासिल गर्नुहुने डोटीका सुभाषचन्द्र भण्डारीलाई रु २५ हजार, तृतीय स्थान हासिल गर्नुहुने लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौँका प्रकाश बस्नेत गफाडीलाई जनही रु २० हजार, सम्मानपत्र र पदक अर्पण गरिएको थियो ।

सम्मान, पुरस्कार अर्पणपछि समारोहलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति भण्डारीज्यूले वाङ्मय क्षेत्रको उननयनका लागि सम्मान र पुरस्कारले सहयोग गर्ने बताउनुभयो । “प्रकृति र संस्कृतिसँग एकाकार गरी साहित्य सिर्जना गरेर राष्ट्रियतालाई मजबुद बनाउन सकिन्छ” उहाँले भन्नुभयो– “राजनीतिक परिवर्तनलाई कला र साहित्यले ऊर्जा प्रदान गर्नुपर्छ, प्राचीन संस्कृति बोकेको स्वाधीन मुलुकमा सुदृढ सहिष्णुता छ, त्यसलाई कायम राख्न साहित्य क्षेत्रले योगदान गर्नुपर्छ ।”

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पूर्वीय सभ्यताले एकताको सन्देश दिएकाले अनेकौँ अप्ठ्याराबाट मुलुक जोगिँदै आएको बताउनुभयो । एक सय २३ भाषा, अनेकौँ धर्म र संस्कृति भएको नेपाली राष्ट्रियताबाट सङ्गठित भएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसै साताभित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई सङ्ग्रहालयका रुपमा रुपान्तरण गर्ने अभियान सुरु हुने जानकारी दिनुभयो । उहाँले प्रज्ञा पुरस्कार र कविता महोत्सव पुरस्कारको गरिमाबारे उल्लेख गर्नुभएको थियो ।

समारोहमा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्रज्ञा पुरस्कार सम्बन्धी र प्राज्ञ परिषद् सदस्य, काव्य विभाग प्रमुख एवम् कविता महोत्सवका संयोजक प्रा.डा. हेमनाथ पौडेलले राष्ट्रिय कविता महोत्सव–२०७६ सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समारोहमा वाङ्मय शताब्दी पुरुष जोशीले पुरस्कार प्राप्त गर्दाको अनुभूति व्यक्त गर्नुभएको थियो । पुरस्कृत कविहरूले आआफ्ना कविता सुनाउनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।