महिला हिं’सा न्यू’निकरणका लागि धनकुटाको हिलेमा सडक नाटक

धनकुटा खबर । महिला हिं सा वि रुद्धको १६ दिने अभियान अन्तर्गत आज धनकुटाको हिलेमा सडक नाटक प्रदर्शन गरिएको छ ।

महिला पुन:स्थापन सेवा केन्द्र धनकुटा, महिला मानव अधिकार रक्षक सञ्जाल धनकुटा, जिल्ला प्रहरी कार्यलय धनकुटा र स शस्त्र प्रहरी वल ६ नं गुल्म छिन्ताङ्ग धनकुटाको संयुक्त आयोजना सञ्चालित कार्यक्रममा महिला हिं सा न्यूनिकरणलाई सघाउ पुर्याउने लक्षका साथ सडक नाटक प्रर्दशन गरिएको हो ।

नाटकमा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष हिमा चेम्जोङ्गले पी डित महिलाको भूमिका निर्वाह गर्नुभएको थियो भने स-शस्त्र प्रहरी जवान राम वहादुर राईले पीडक पुरुषको भूमिका निर्वाह गर्नुभएको थियो । छोरीको भूमिका अस्मिता राईले गर्नुभएको थियो ।

त्यस्तै महिला पुन:स्थापना सेवा केन्द्रका कोषध्यक्ष सुमना तिम्सिनाले अधिकारकर्मीको भूमिका निर्वाह गर्नुभएको थियो । प्रहरी असईको भूमिका पुगेन्द्र आङदेम्वे सहित अन्यले गर्नुभएको महिला पुन:स्थापना सेवा केन्द्रका उपाध्यक्ष सुक्रि राईले जानकारी दिनुभयो ।

महिला पुन:स्थापना सेवा केन्द्र धनकुटाका अध्यक्ष जया राईको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै धनकुटा नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि चिन्तन तामाङ्गले सामाजिक, लैं गिक हिं सा मुक्त स्वस्थ समाज निर्माणका लागि शिक्षा र आर्थिक रुपमा सबल हुनु पर्नेमा जोड दिनुभयो ।

उहाले आउदा दिनमा लैं गिक हिं सा, घरेलु हिं सा वि रुद्धको जनचेतना मुलक कार्यक्रम धनकुटा नगरपालिकाको १० वटै वडामा सञ्चालन गर्ने बताउनु भयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी डा:कृष्ण बहादुर घिमिरेले कुनै पनि प्रकारका हिं सा कसैले सहेर बस्न नहुने वताउनुभयो । यदी त्यसो गरे गाँउ समाजमा विकास निर्माणको क्षेत्र मै असर पुग्ने भएकाले जस्तो सुकै हिं सा, कु रीति र वि संगति न्यू निकरणका लागि जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यलय, स्थानिय सरकार लागिरहेको बताउनु भयो ।

त्यस्तै धनकुटा नगरपालिकाका उप-प्रमुख सकुन्तला बस्नेतले लि ङ्गको आधारमा हुने हिं सा, दाइजोको कारण महिला माथि हुने हिं सा, घरेलु हिं सा लगायतका घ ट्ना र परम्परागत मूल्य मान्यता हटाउन समाजका सचेत वर्ग लागि पर्नु पर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि कुरा एक दुइजना लागि परेर परिवर्तन सम्भव नरहेको भन्दै सबैको सोचाइ र बिचार परिवर्तन हुन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बरख गण सल्लेरीका प्रमुख भगवान थापा मगर, जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी सुर्दशन प्रसाद कोईराला,स-शस्त्र प्रहरी वल ६ नं गुल्म छिन्ताङ्गका प्रमुख सचिन कर्माचार्य, धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष निरेन तितुङ्ग, उद्योग वाणिज्य संघ धनकुटाका महिला उपाध्यक्ष तारा तितुङ्ग, जिल्ला युवा संघका अध्यक्ष अर्जुन छारा, वडा सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।