अझै पनि खुलेन उद्योग बाणिज्य संघ धनकुटाको ताला
धनकुटा खबर, २६ मंसिर । उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा लागेको ताला अझै पनि खुलको छैन ।
मंसिर २३ गते भएको महासंघको साधारण सभामा आफ्ना माग राख्दा राख्दै बन्द सत्र सुरु गरिएको र नयाँ व्यावसायी र नविकरण गर्न छुटेका व्यावसायी लाई संगठित हुने अवसर बाट बञ्चित गरिएको भन्दै उद्योग बाणिज्य संघ धनकुटाको कार्यलयमा लगाएको ताल आज तेस्रो दिन पनि खुलेन स्थानिय प्रशासनमा भएको राजनैतिक दल र सरोकार बालाको बर्तामा कुनै सहमती नभए पछि ताला नखुलेको हो ।
यो समाचार तयार गर्दाको समय सम्म सुरक्षा समितीको बैठक जारी रहेको प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले जानकारी दिनु भयो ।



