सबैले मलाई मात्र बढी ध्यान दिएको हो की ? : गौरिका सिंह (भिडियो)

गौरिका सिंहले ५९ लाख पाउने

गौरिका सिंहले ५९ लाख पाउने

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सरकारले बुधवार आकर्षक पुरस्कारसहितको प्याकेज घोषणा गर्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख पुरस्कारको घोषणा गरे।

त्यस्तै प्रधानमन्त्री ओलीले एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई ५ लाख रुपैयाँ दिने उद्घोष गरेका थिए। यो सँगै सबैभन्दा बढी स्वर्ण जित्न सफल गौरिका सिंहले कति रकम पाउने भन्ने चर्चा एबं कौतुहलता कायम रहेको थियो । यस्तैमा १३औँ दक्षिण एसियाली खेलकुदमा पौडी तर्फबाट कीर्तिमान कायम राख्न सफल खेलाडी गौरिका सिंहले ५९ लाख पाउने निधो भएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच कौतुहललाई प्रष्ट पार्दै राखेप सदस्य सचिव रमेश सिलवालले गौरिकाले ५९ लाख रुपैयाँ पाउने हिसाब सुनाए । उनले गौरिकाले चार स्वर्णको ११ लाखका दरले ४४ लाख पाउने र दुई रजततको ६ लाखका दरले १२ लाख त्यस्तै तीन कांस्य टिम इभेन्टमा जितेकाले जम्मा तीन लाख गरी कुल ५९ रुपैयाँ पाउने भएकी हुन् ।

सबैले मलाई मात्र बढी ध्यान दिएको हो की ? : गौरिका सिंह



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।